पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा खुल्ला चित्रकला प्रतियोगिता हुने

पोखरा स्पोर्टस । पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा खुल्ला चित्रकला प्रतियोगिता हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजतवर्ष महोत्सवअन्तर्गत १२ महिन १२ कार्यक्रमको सेरोफेरोमा चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका हुन् ।

उक्त प्रतियोगिता यहि भदौ १४ गते पोखरा रंगशालामा तय गरिएको जानकारी दिंदै सहभागिताका लागि आह्वान गरिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनातर्फका बिजेताले क्रमश नगद रु १०, ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरूङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका कार्यकारी सदस्य तथा प्याब्सन कास्कीका उपाध्यक्ष श्रीकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गरिएको छ । जसको सदस्यमा कार्यकारी सदस्य पुरन कुंवर र ओम बहादुर गुरूङ रहेका छन् ।

मञ्चले रजत महोत्सव अन्तर्गत यस अघि ओलम्पिक डेको अवसरमा विद्यार्थी लक्षित छात्रा/छात्रा बक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।

यस संगै, मञ्चले यहि भदौ महिनाको २१ गते ६० वर्ष माथिको सुपर भेट्रान महिला/पुरूष ३ किमि दौड समेत आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close