नेपाली टेनिस टोली श्रीलंका जाँदै

पोखरा स्पोर्टस । आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ ।

पुरुष यु–१२ मा विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलामा सरा पन्त र थिअ श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन् ।

मे २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तान सहभागी हुने छन् । टिममा सहभागी राष्ट्रले २ सिंगल्स र १ डबल्स खेल्नु पर्नेछ ।

पुरुष/महिला दुवैमा शीर्ष २ स्थानमा रहने राष्ट्रले काजाकिस्तानमा सेप्टेम्बरमा हुने फाइनल चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close