
पोखरा स्पोर्टस । पोखरामा अन्तरविद्यालय छात्र/छात्रा सिक्स–ए–साइड हक्की प्रतियोगितामा सुरू भएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजित एक कार्यक्रमका बीच सो प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गरे । सो अवसरमा बोल्दै सांसद बरालले छोटो अवधिमा कास्की र गण्डकीले हक्की खेलको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे ।
सांसद बरालले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भने–“यो अवस्मिरणिय हो । हक्की खेलले छोटो अवधिमा यस्तो महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यहाँहरुले गरेको अथक मेहनत सबैका उदाहरणिय बन्ने छ । हामी पनि यहाँहरुलाई सहयोग गर्न आतुर छौं ।”
कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी हक्कीका अध्यक्ष दिपक थापाले खेल मैदान अभावमा जुझिरहेको खेल संघलाई सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए ।
सो अवसरमा नेपाल हक्की संघका केन्द्रिय सदस्य हित कुमार गुरूङ, ज्ञानगंगा माविकी प्रिन्सिपल चन्दा थापा, संघका पदाधिकारी दिव्या पोखरेललगायतले आफ्ना भनाई राखेका थिए ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन लिग चरणका १४ खेलहरु सम्पन्न भएको कास्की हक्की संघले जनाएको छ । नेपाल हक्की संघ र प्रादेशिक हक्की संघको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त प्रतियोगितामा कास्की, तनहुँ र भक्तपुर गरी विभिन्न १७ विद्यालयका ३४ टिमको सहभागिता रहेको छ । जस मध्ये छात्रतर्फ १७ रछात्रातर्फ १७ टिमले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगितामा छात्र/छात्रा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद रु १०, ७ र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
