सहराले गर्‍यो अमेरिकी फुटबल टोलिको स्वागत

पोखरा स्पोर्टस । सहारा क्लव पोखराले २० औं आहा! रारा गोल्डकपमा सहभागिता जनाउन आएको अमेरिकी टोलीलाई स्वागत गरेको छ ।
अमरिकाबाट पहिलो पटक पोखरा आएको भुटनिज यूथ सकर क्लव (विवाइयूएस) टोलीलाई सोमबार पोखरामा स्वागत गरेको हो । यहि माघ ६ गते बाट सञ्चालन हुने गोल्डकपमा खेलाडी तथा अफिसियल लाई सहारा क्लबका अध्यक्ष हरिराम गुरूङ ‘सुरज’, प्रतियोगीता सहसंयोजक केशव वराल, क्लवका पुर्व अध्यक्ष विक्रम थकाली र महासचिब रामजी अधीकारीले स्वागत गरेका थिए ।

अमरिकी टोलीमा ८ जना विदेशी, ३ जना नेपाली र ८ जना नेपाली मुलका भुटानी खेलाडी रहेको सहाराले जनाएको छ । टोलीमा रहेका खेलाडीहरु पूर्व यू १९का खेलाडी समेत रहेका छन् । टोलीको कप्तानी पूर्व यू १९का खेलाडी दिनेश थाप मगरले सम्हालेका छन् भने टोलीको प्रशिक्षकमा प्रलय राज भण्डारी रहेका छन् । प्रलय पूर्व राष्ट्रिय खेलाडी समेत हुन् भने व्यवस्थापक प्रमुखमा शिव हुमागाई रहेका छन् । टोलीलाई इन्ट्रा फाउण्डेशनले प्रायोजन गरेको छ ,।

टोलीको अन्य सदस्यमा भुवन बस्नेत, मेगल पालाफोक्स, विष्णु कोइराला, देश्वन पेटरसन, जिवन खरेल, निशान पोकवाल, हेक्टर ट्रिगोरियोस, विकास मगर, पेमा दुक्पा, केयल ओव्रियन, दिराज मगर, प्रेम सुवेदी, दियालो इराकजो, धिरोज तामाङ, अनिश भट्टराई, सुदेश तिवारी, रिले पि युरी, म्याट हुर्लो र सेराफिन लाराडुकुन्ड रहेका छन् ।

पोखरा आउनु अघि टोलीले झापामा केही साता प्रशिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close