आर्मीका राजनले जिते प्रधानसेनापति म्याराथनको उपाधि

पोखरा स्पोर्टस । त्रिभुवन आर्मी क्लबका राजन रोकायाले आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । सम्पन्न म्याराथन (४२.१९५ किलोमिटर) दौड २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पुरा गर्दै राजनले उपाधि जितेका हुन् ।

शनिबार सम्पन्न म्याराथन अन्तर्गत आर्मीकै खडकबहादुर खड्का २ घन्टा २१ मिनेट ४३ सेकेन्डमा दौड पुरा गरी दोश्रो हुँदा कृष्णबहादुर बस्नेत २ घन्टा २२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरी तेश्रो भएका छन् ।

त्यसै गरी प्रतियोगिताअन्तर्गत सम्पन्न हाफ म्याराथन (२१ किलोमिटर)को उपाधि महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई र पुुरुषतर्फ आर्मीका दीपक अधिकारीले जिते । राजपुराले १ घन्टा १४ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गर्दा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घन्टा १९ मिनेट ०३ सेकेन्डमा दौड पुरा गरी दोस्रो र आर्मीकै निर्मला केसीले १ घन्टा २१ मिनेट २९ सेकेन्डमा दौड पुरा गरी तेस्रो भएकी छिन् ।

यसै गरी पुरुषतर्फ हाफ म्याराथनमा आर्मीकै मुकेश पालले १ घन्टा ४ मिनेट ५७ सेकेन्डमा दौड पुरा गरी दोश्रो भए भने बागलुुङका तीर्थ पुनले १ घन्टा ५ मिनेट १५ सेकेन्डमा दौड पुरा गरी तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close