
पोखरा स्पोर्ट्स । भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फर्केको छ ।
टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । भुटान साउदी अरबिया र उत्तर कोरिया सम्मिलित समूहमा नेपाल एक जित एक बराबरी र एक हारसहित समूह दोस्रो भएको थियो ।
भुटानसँग १-१ को बराबरी खेलेको नेपालले साउदी अरेबियासँग १-० को जित हासिल गरेको थियो भने उत्तर कोरियासँग ११-० को हार बेहोरेको थियो । 
