जापान प्रस्थान गर्न लागेको केन्पो काई टोलीको बिदाइ

पोखरा स्पोर्ट्स । जापानको हमामात्सु शहरमा आगामी अगस्ट ८ देखि १० सम्म आयोजना हुने वर्ल्ड केन्पो काई च्याम्पियनसिप २०२५ मा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाई गरिएको छ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिब टंकलाल घिसिङलेले सोमबार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपाली टोलीलाई शुभकामना दिँदै अनुशासन र लगनशीलता प्रदर्शन गर्दै आएको केन्पो काई टोलीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गरे ।

“केन्पो काई टोलीले सधैं अनुशासन र लगनशीलता देखाउँदै आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा तपाईंहरूले नेपालको गौरव बढाउनेमा पूर्ण विश्वास छ,” घिसिङले भने।

वर्ल्ड केन्पो काई च्याम्पियनसिपमा नेपाली खेलाडी द्वय बामदेव सुवेदी र मेनुका अधिकारी रहेका छन् भने केन्पोकाईका मुख्य प्रशिक्षक नाराज बहादुर खड्का (हरि), प्रशिक्षकमा नविन आचार्य र व्यवस्थापकमा जुना लामिछाने रहेका छन् ।

टोली आज राती जापान प्रस्थान गर्ने मुख्य प्रशिक्षक खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close