पोखरामा बन्द प्रशिक्षणमा रहेका अभिषेक सहित तिन खेलाडी बाहिरिए

पोखरा स्पोर्टस । पोखरामा बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय फुटबल टोली बाट अभिषेक रिजाल सहित तिन जना खेलाडी बाहिरिएका छन् ।

नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अभिषेक सहित गोल किपर अपर्ण कार्की र शिषिर लेखी रहेका छन् । नेपाली राष्ट्रिय टोली यति बेला पोखरामा मित्र राष्ट्र भारत संगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनशिपको तयारीमा रहेको छ ।

नेपालले भारत संग यहि भदौ १७ र २० गते दुई छुट्टा–छुट्टै मैत्रीपूर्ण खेल खेल्ने छ भने असोज १५ मालदिभ्समा शुरु हुने साफ च्याम्पियनशिपमा सहभागिता जनाउने छ ।

राष्ट्रिय टोलीमा किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close