
पोखरा स्पोर्ट्स । भारत र इंग्ल्याण्डबीच ओभलमा सम्पन्न पाँचौं तथा अन्तिम टेस्ट खेलमा भारतले ६ रनको रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै पाँच खेलको टेस्ट श्रृङ्खला २–२ को बराबरीमा टुङ्गिएको छ ।
३७४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरे पनि अन्त्यमा भारतीय बलरहरूको घातक प्रदर्शनका कारण ८५.१ ओभरमै ३६७ रनमै समेटियो ।
इंग्ल्याण्डको दोस्रो इनिङ्समा जो रुट १०५ रन र ह्यारी ब्रुकले १११ रनको शतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई जितको नजिक पुर्याए पनि अन्य ब्याटरहरू दवावमा रहे ।
भारतलाई जिताउन मोहमद सिराजले सर्बाधिक ५ विकेट लिए भने प्रसिद्ध कृष्णले ४ विकेट लिएका थिए । सिराजले ३०.१ ओभरमा १०४ रन खर्चिएर ५ विकेट लिए भने प्रसिद्ध कृष्णाले २७ ओभरमा १२६ रन दिँदै ४ विकेट हात पारे । अकाश दीपले १ विकेट लिए ।
यता भारतले पहिलो इनिङ्समा २२४ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ३९६ रन जोड्दै इंग्ल्याण्डलाई ३७४ रनको चुनौती दिएको थियो ।
इंग्ल्याण्ड पहिलो इनिङ्समा टोली २४७ रनमै समेटिएको थियो । सिरिजको पहिलो टेस्ट इङल्याण्डले जितेको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट इङल्याण्डले जितेको थियो भने चौथो टेस्ट ड्र भएको थियो ।
