टिम च्याम्पियन बन्न कसरत गर्दै फुलकन्ट्याक्ट कराते गण्डकी

संघहरुलाई जिम्मेवार बनाउँदै खेलकुद परिषद

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि फुलकन्ट्याक्ट कराते गण्डकीको टोलीले आफ्नो तयारी सुरु गरेको छ ।

गण्डकीमा फुलकन्ट्याक्ट कराते खेल भित्र पर्ने विभिन्न १० वटा संघहरुको भेलाले आफ्नो तयारी सुरु गरेको हो । पोखरा रंगशालामा भएको भेलामा गण्डकीका लागि सर्वाधक मेडल संगै टिम च्याम्पियन बन्ने गरी तयारी थाल्न भेलामा छलफल भएको क्योकुसिन कान करातेका सुवास खड्काले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“आफ्नै प्रदेशमा आयोजना हुने नवौंमा आयोजकको हिसावले पनि तयारी थाल्न हामीले छलफल गरेका हौं ।” भेलामा सबै संघका पदाधिकारीहरुले धेरै भन्दा धेरै मेडल जित्ने गरी तयारी सुरु गर्ने संगै नवौं सफल बनाउन समेत प्रतिवद्धता जनाएका् खड्काले बताए ।

उक्त भेलामा क्योकुसिन कान कराते, स्ट्रोङगेष्ट क्योकुसिन कराते, केन्पोकाई, डेन्डोडाई, आइकेकेएफ, शिन क्योकुसिन कराते, क्योकुसिन काई कान, सो क्योकुसिन, क्योकुसिन युनियन र स्ट्रोङ्गेष्ट कराते महासंघका पदाधिकारी तथा प्रतिनिधीहरुले छलफल गरेका थिए ।

फुल कन्ट्याक्ट करातेतर्फ आठौं राष्ट्रिय खेलकुदमा गण्डकीले ४ वटा स्वर्ण पदकसहित ३ रजत र २ वटा काश्य पदक जितेको थियो । जसमा रुपक नेपाली, गोविन्द रोक्का मगर, यूनिका शेरचन र रोमन सिंजालीले स्वर्ण पदक जितेका थिए । “अहिले हाम्रो लक्ष्य भनेको टिम च्याम्पियन बन्नु हो” पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव समेत रहेका खड्काले भने–“हाम्रो तयारी पनि राम्रो छ, तर राष्ट्रिय प्रतियोगिता भएकोले हामीले अझै वढि मेहनत गर्नुपर्छ ।”

खेल संघहरुलाई जिम्मेवार बनाउँदै परिषद
यता प्रदेश खेलकुद परिषद गण्डकीले नवौंको तयारी संगै अन्य प्रतियोगिताका लागि खेल संघहरुलाई जिम्मेवार बनाउँदै अघि बढ्ने बताउँछन् परिषदका सदस्य खगेन्द्र क्षेत्री । उनले भने–“हामीले एक साता अघि कास्कीका सबै खेल संघहरु संग एक चरणको छलफल चलाएका छौं । उनीहरु संग हामीले आफ्नो संघहरुको समस्याका बारे, खेलाडीको अवस्था र संख्याका बारेमा जानकारी लिने प्रयासमा छौं ।” एक साताको म्याद दिएर प्रतिवेदन मागेका थियौं तर केही संघले मात्रै प्रतिवेदन वुझाएका छन् ।”

खेल संघहरु जिम्मेवार नवन्दा पदक जित्ने सपना ओझल पर्न सक्ने भएकोले परिषदले संघहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु अघि सारेको बताउँदै क्षेत्रीले अन्य ११ वटै जिल्लाका खेल संघहरु संग समेत छलफल अघि बढाउने जानकारी दिए । “यो कास्कीको मात्रै समस्या होइन । ११ वटै जिल्लाका खेल संघहरु हाम्रो लागि समान हुन् । हामी उहाँहरुलाई समेत पोखरा बोलाएर जानकारी लिने तथा सहकार्य गर्ने गरी तयारी थालेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close