
पोखरा स्पोर्टस । फिफा क्लब विश्वकप अन्तर्गत इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग बराबरीमा रोकिएको छ ।
बुधबार बिहान भएको समुह इ अन्तर्गतको खेलमा इन्टर मिलान र मोन्टेरी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
मोन्टेरीका लागि सर्जियो रामोसले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानका लागि बराबरी गोल गरेका थिए ।
यसअघि यसै समुहमा रहेको रिभर प्लेटले उर्वा रेड्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
समुह इ मा पहिलो खेलपछि रिभर प्लेटको ३ अंक भएको छ भने इन्टर मिलान र मोन्टेरीको एक एक अंक भएको छ । त्यस्तै उर्वा रेडस अंक विहिन रहेको छ ।
