
पोखरा स्पोर्टस । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यहि चैत २० गते पोखरामा हुने “दोश्रो राष्ट्रिय रिङ रेस्लिङ च्च्याम्पियनशिप २०२१” मा सहभागी खेलाडीहरु पोखरा आइपुगेका छन ।





पोखरा रंगशालाको वहुउद्धेस्यिय कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीमा जुटेका खेलाडीहरु काठमाडौबाट सोझै बुधबार पोखरा आएका हुन । पोखरा आएका ४० भन्दा वढी खेलाडी तथा अफिसियलहरुलाई पोखरा महानगर पालिकाको तर्फबाट महानगर प्रमुख मान बहादुर जि.सीले स्वागत गरेका छन ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।
यसका साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।
पोखरा रंगशालामा आयोजित स्वागत कार्यक्रममा बोल्दै महानगर प्रमुख जि.सीले सुन्दर नगरी पोखरामा खेलाडीलाई स्वागत गर्न पाउनु सुखद रहेको बताए । उनले भने–“पोखरा आफैमा सुन्दर नगर मात्रै होइन खेलकूदको हव पनि हो । हामी पोखरा महानगर सवै वडामा खेलकूदको मैदान बनाउनु पर्छ भन्ने मान्यताका साथ अभियानमा जुटेका छौं ।” चैत्र २० र २१ गते पोखरामा हुने प्रतियोगिताले पोखरामा रिङ रेस्लिङ खेलको विकास र विस्तारमा समेत सहयोग पुग्ने भन्दै उनले सवै खेलाडीलाई जितको शुभकामना व्यक्त गरे ।
चैत २० र २१ गते आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकूद र जिल्ला खेलकूद विकास समितीको आयोजनामा भएको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्यद्वय राजेश कुमार गुरुङ र सुवर्ण श्रेष्ठ, क्षेत्रिय खेलकूदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, भलिबल संघका अध्यक्ष भिम पराजुली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदार, प्रतियोगिताका स्थानिय संयोजक नुना गुरुङ लगायतले खेलाडीहरुलाई स्वागत गरेका थिए ।
चैत २० र २१ गते आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।
यसका साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।
Aha Rara Advt
ADVT Ring Wrestling

