७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप : आमा–छोरी, श्रीमान–श्रीमतीले जिते पदक

रिकर्व इन्डिभिजुअलमा पुलिसका आयशा र तीलकलाई स्वर्ण

पोखरा स्पोर्टस । ७ औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिपमा रिकर्व इन्डिभिजुअल तर्फ नेपाल पुलिसका तीलक पुन पुरूषतर्फ स्वर्ण पदक जित्दा नेपाल पुलिसकै आयशा तामाङले महिलातर्फ स्वर्ण पदक जितेकी छन् ।

गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा पोखराको बहुउद्धेश्यिय कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तीलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटले पछि पार्दै स्वर्ण पदक जित्दा महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै आर्मीकी मञ्जु बजगाई र नेपाल पुलिसका पवन श्रेष्ठले काश्य पदक हात पारे ।

रिकर्व मेन्स टिमतर्फ विभागिय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ए टिमलाई ६–२ ले पराजित गरेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी बी टिमले काश्य पदक जितेको छ । रिकर्व मिक्स टिम इभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले काश्य पदक जितेको छ ।

यता स्टाण्डर्ड मिक्स टिममा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले काश्य पदक जितेको छ ।

कम्पाउण्ड मेन्स इन्डिभिजुअलमा एपिएफ क्लबका मिन गौचनले स्वर्ण पदक हात पारेका छन् । उनले फाइनलमा गण्डकी ए टिमका सुमन गुरूङलाई पराजित गरे । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले काश्य पदक आफ्नो पक्षमा पारे । कम्पाउण्ड उमेन्स इन्डिभिजुअलमा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक जितेकी छन् भने एपिएफकी प्रसादा आचार्यले रजत तथा एपिएफकै निर्मला काङवाङले काश्य पदक हात पारिन् ।

प्रतियोगितातर्फ नै सम्पन्न स्टाण्डर्ड मेन्स टिम इभेन्टमा गण्डकी ए टिमले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकी एले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले काश्य पदक जिते ।

पहिलो पटक पोखरामा आयोजना भएको इन्डोर राष्ट्रिय आर्चरी करिव ६ वर्ष पछि आयोजना भएको हो । यस अघि काठमाण्डौमा हुँदै आएको सो प्रतियोगिता राजधानी बाहिर आयोजना हुँदा थप विशेष समेत हुन पुग्यो । गण्डकीको टिमबाट आमा–छोरीको सहभागिता संगै नेपाल पुलिस क्लबबाट श्रीमान श्रीमती प्रतियोगितामा सहभागिता रह्यो ।

गण्डकीको टिमबाट सहभागि डा निता केसी र छोरी स्नेहा केसीले प्रतियोगितामा सहभागिता मात्रै जनाएनन् उनीहरुले पदक समेत जिते । आमाले काश्य पदक जित्दा छोरी स्नेहाले एक स्वर्ण र एक सिल्भर पदक जितिन् । स्नेहा कक्षा ९ मा सेन्ट मेरीजमा अध्ययनरत छिन् । उनी प्रतियोगिताकै कान्छी खेलाडी समेत थिइन् ।

यस्तै नेपाल पुलिस क्लबबाट प्रतियोगितामा सहभागिता जनाएका निकेश देशार र वविता श्रेष्ठ श्रीमान श्रीमती हुन् । उनीहरुको जोडीले स्टाण्डर्ड मिक्स टिम इभेन्टमा काश्य पदक जितेका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीहरूको सहभागिता रहेको थियो । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेको थियो ।

प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा भएको केन्द्रिय सचिब समेत रहेका शेरचनले जानकारी दिए ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, संघका अध्यक्ष किशोर कुमार गुरूङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close