कास्की यू–१६ टि२० मा जनप्रिय र सृजना उपाधिका लागि भिड्ने

पोखरा स्पोर्टस । चार खेल चार जितसँगै जनप्रिय स्कुल पोखरामा आयोजित अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शीर्षस्थानमा रहँदै जनप्रियले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । चार खेल, दुई जित, एक बराबर र एक हारसँगै दोस्रो स्थानमा रहेको सृजनाले उपाधिको लागि जनप्रियसँग खेल्ने छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शनिबार जनप्रियले हिमालयन बोर्डिङलाई ७० रनले पराजित गर्दै शीर्षस्थानमा रह्यो । हिमालयनले टस जित्दै बलिङको निर्णय लियो । जनप्रियले ९ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पार्यो । सन्तोष तामाङले २५ रनको योगदान दिदाँ मौसम भट्टराईले २३ र प्रशान्त भट्टराईले २० रनमा अविजित रहे । बलिङ तर्फ सुदर्शन कोइरालाले ४ विकेट लिए ।

यसैगरी हिमालयन बोर्डिङले जवाफी व्याटिङ गर्ने क्रममा ९.४ ओभरमा ५१ रनमा समेटियो । आयुष पनेरुले सर्वाधिक १५ रन बनाए । सम्राट रावतले तीन ओभरमा ८ रन दिएर ५ विकेट लिए । उनी रावत प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी अर्को खेलमा सृजना बोर्डिङले कुमुदिनी होम्सलाई ७ विकेटले पराजित गरेको छ । कुमुदिनीहोम्सले टस जित्दै पहिलो इनिङमा ८० रनको स्कोर बनायो । आयुष साहले १६ रन बनाए । सन्जीत कुँवरले १५ रन बनाउँदा विद्धान देवकोटाले १४ रन बनाए । आयुष अधिकारीले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close