मन्त्री विश्वकर्माले गरे बाम्दी खेल मैदानको शिलान्यास

पोखरा, पोखरा महानगरपालिका वडा नं २३ बाम्दीमा भलिबल खेलमैदानको यूवा तथा खेलकूद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले विहिबार एक समारोहका बिच शिलान्यास गरेका छन ।

सो अबसरमा मन्त्री विश्वकर्माले नेपालमा सफलतापूर्वक १३ औं दक्षिण एशियाली खेलकूद सम्पन्न भए पश्चात सरकारले अन्य खेलकूद पूर्वाधार निर्माणतर्फ आफ्नो ध्यान दिने बताएका छन ।

सरकारको निती एक स्थानिय तह एक खेल मैदान रहेको बताउँदै मन्त्री विश्वकर्माले त्यसैको स्वरुप पोखरा २३ मा भलिबल खेल मैदान निर्माण हुने बताए । उक्त खेल मैदान निर्माण गर्न मन्त्रालयले हालका लागि ५० लाख बजेट छुट्याएको भए पनि अपुग भए त्यसमा थप्ने प्रतिवद्धता समेत जनाए । उनले वडा नं २३ को समग्र विकासमा आफु सधै लागि पर्ने समेत बताए ।

सो अबसरमा गण्डकी प्रदेश सांसद राजीव पहारी, सांसद चन्द्रमोहन गौचन, पुर्व सचिव कृष्ण देवकोटा, राखेप सदस्य राजेश गुरुङ्, नेकपा नगर कमिटी अध्यक्ष दिपक पौडेल, पोखरा महानगर पालिका वडा नं २३ का वडा अध्यक्ष विष्णु पराजुली लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम खेल मैदान निर्माण समितिका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको थियो । करिब ५० लाखको लागतमा निर्माण हुन लागेको उक्त भलिबल खेल मैदान १ हजार दर्शक क्षमताको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close