
पोखरा स्पोर्टस । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ ।
नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहिबार पोखरामा एक पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । मञ्चका अध्यक्ष दिल बहादुर गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १७५ धावकहरुको सहभागिता हुने भएको छ । जस अनुसार खुल्ला म्याराथन (४२.१९५ किमि) पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना जसमा महिला ८ जनाको सहभागिता रहेको छ ।
नेपालकै जेठो म्याराथन पोखरा म्याराथन एम्समा दर्ता रहेको म्याराथन मध्ये एक म्याराथन पूर्ण रुपमा प्रविधि मैत्री रहेको छ । १९ औं पोखरा म्याराथनलाई यस वर्ष सातै प्रदेशमा आयोजना गरिने ७७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन यूके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिएका छन् । पोखरा म्याराथन संगै, धरान रन, लुम्विनी, सुदुर पश्चिम हुँदै सातै प्रदेशमा १४ जना धावकहरु दौडने छन् । जसमा हाफ र फुल म्याराथन समावेश गरिएको छ । ७७७ म्याराथन रन अन्तर्गत २ महिला समेत सहभागि छन् । “यो एउटा नयाँ र पहिलो प्रयास हो” नेपाल रन युकेका संस्थापक राइले भने–“हामी नेपाललाई विश्वमा म्याराथनमार्फत चिनाउन चाहन्छौं ।” ओलम्पियन एवं धाविका सन्तोषी श्रेष्ठ संग पत्रकार सम्मेलनमा उनले यसलाई सफल बनाउन आग्रह समेत गरे ।
त्यसै गरी हाफ म्याराथन (२१.०१९७ किमि) महिलातर्फ १० देशका सहित ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमि पुरुषतर्फ ११ विभिन्न देशकासहित २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशीसहित १०९ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना दर्ता सहभागि रहनेछन् । रन फर फनमा करिव ७ हजार गरी १० हजार जनाको सहभागिता हुने भएको मञ्चले जनाएको छ ।
पोखरामा नियमित अन्तर्राष्टिय हवाई उडानको लागि दौडौँ भन्ने नारालाई अघि सार्दै हुने म्याराथनमा १४ विभिन्न क्याटोगरीमा गरी २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिने छ । जसमा म्याराथनको पहिलो पुरस्कार ५ लाख रहेको छ । १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि कुल खर्च १ करोड ८९ हजार खर्च हुने अध्यक्ष गुरूङले जानकारी दिए ।
पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन संघिय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लन चोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेज बहादुर गुरूङले जानकारी दिए ।
नेपालकै जेठो म्याराथन पोखरा म्याराथन एम्समा दर्ता रहेको म्याराथन मध्ये एक म्याराथन पूर्ण रुपमा प्रविधि मैत्री रहेको छ । १९ औं पोखरा म्याराथनलाई यस वर्ष सातै प्रदेशमा आयोजना गरिने ७७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन यूके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाईगण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकाको संरक्षकत्व रहेको म्याराथनलाई पोखरेली लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालिले वि.स.२०७२ देखि मूख्य प्रायोजन गर्दै आएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।
पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके अन्तर्राष्ट्रिय पार्टनर तथा नेपालको प्रतिष्ठित बैंक कृषि विकास बंैक बैकिङ पार्टनरको रुपमा रहेको छ । गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी), रोटरी डिष्ट्रिक्ट ३२९२, ब्रिटिश कलेज, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी श्री दुर्गा गुरुङ, गोकर्ण कार्की (बाराही बेकरी), निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की, एनप्याब्सन कास्की, हिसान कास्की, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, कुमुदिनी होम्स् मावि, भास्कर मेमोरियल मावि, माउन्ट अन्नपूर्ण मावि, सूर्योदय मावि, ज्योतीकुञ्ज मावि, प्रतिभा मावि, टप्स मावि, ज्ञानु बाबा मावि, ग्लोबल मावि, कान्तिपुर मावि, सोच कलेज अफ आइटीको सहयोग तथा प्रायोजन रहेको छ ।
त्यस्तै हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, तमु धि युके, सहारा युके,बगर भाइ खलक यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, बगर भाई खलक यूकेका निवर्तमान अध्यक्ष दिलरास गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी पहारी, चन्द्र प्रकाश गुरूङ अस्ट्रेलिया, बोस्टन न्यू ह्याम्पशायर नेपाली समाज अमेरिका (फ्रेण्डस अफ पोखरा यूसए), देवान गुरूङ हङकङ, नवराज/जमुना गुरूङ क्यानडा, तमु धिं क्यानडा, गुरूङ सोसाइटी अफ न्यू ह्याम्पशायर, पोखरा पर्यटन परिषद, बुद्ध एयर(एयरलाइन्स पार्टनर) सहयोगी संस्थाको रुपमा रहेका छन् भने प्रभु लाइफ महालक्ष्मी इन्सोरेन्स, नेपाल इनभेष्टमेन्ट मेगा बैंक लि., भाटभटेनी सुपर मार्केट काठमाण्डौ, एनसेल, ओमादा जाइको इभी कार, स्पोर्टस वेयर एक्स–टेप र केल्मी सहयोगी संस्थाको रुपमा जोडिएका छन् भने पिउने पानी टुडे मिनरल वाटरको सहयोग रहेको छ ।
त्यसै गरी होटल पार्टनरको रुपमा पोखरा ग्राण्ड, माउन्ट कैलाश रिर्सोट, होटल पिस प्लाजा, होटल ब्लु म्यागनेट, एपेक्स विजनेस होटल काठमाण्डौ रहेका छन् भने वुम¥याङ रेष्टुरेन्ट र मुङलान रेष्टुरेन्ट एण्ड बार रेष्टुरेन्टको रुपमा रहेका छन् । यसै गरी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको आयोजकले जनाएको छ ।
त्यसै गरी पोखरा म्याराथन सफल बनाउन फिजियो थेरापी एशोसियसन, एम्वुलेन्स चालक संघ, पोखराका विभिन्न अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की लगायतको सहयोग रहने आयोजकले जानकारी दिएको छ ।
