
काठमाडौं सम्वाददाता । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तरगत शुक्रबार ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन गरिएको छ ।
उक्त कमिसन रमेश कुमार महर्जनको अध्यक्षतामा गठन गरिएको हो । उहा कीर्तिपुर नगर पालिकाको प्रमुख समेत हुनुहुन्छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु भएको छ । त्यस अवसरमा कमिसन अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताउनुभयो ।
कमिटीका सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ती, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार रहनुभएको छ । यस्तै कमिसनको विशेष आमन्त्रित सदस्यमा शुष्माराज भण्डारी रहनु भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
