
पोखरा स्पोर्टस । आहा रारा पोखरा गोल्डकपमा वर्षेनी खेलाडीहरुले आकर्षक ट्रफीहरु पाउँदै आएका छन् ।
सहारा क्लब पोखराको भातृ संस्था सहारा युकेले युकेमा नै निर्मित त्यस्ता ट्रफी तथा मेडलहरु प्रदान गर्दै आएको छ । आसन्न २४ औं आहा रारा गोल्डकपमा समेत सहारा युकेका अध्यक्ष कृष्ण गुरूङ ‘कृष’ले सहारा क्लबका अध्यक्ष केशवराज बराललाई ति ट्रफी हस्तान्तरण गरे ।

निकै आकर्षक ट्रफी र मेडलहरू पोखरा ल्याइ पुर्याउँदा निकै ठूलो खर्च समेत सहारा युकेले गर्दै आएको छ । हरेक खेलको म्यान अफ दि म्याच सहित उत्कृष्ट विभिन्न विद्याका खेलाडीहरूलाई ति ट्रफी प्रदान गर्ने गरिन्छ भने बिजेता र उपविजेताले यूकेमा नै निर्मित मेडल समेत हात पार्छन ।
पोखरामा आउँदो माघ २२ देखि फागुन ३ गते सम्म २४ औं संस्करणको मोफसलको चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता हुने छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
