
पोखरा स्पोर्टस । पोखरामा जारी लामाचौर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि भिडन्त रोकिएको छ ।
ढिलो गरी सुरु भएको फाइनलमा दुई विभागिय टोली नेपाली पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबको भिडन्त थियो । तर दुई सेट सकिए लगतै रेफ्रिले प्रकाशको कारण देखाउँदै खेल स्थागित भएको छ ।
जारी खेलमा एपिएफ र पुलिसले समान १–१ सेट जितेका थिए । एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो ।
स्थागित भएको खेल शनिबार पुनः सुरु बाट नै सञ्चालन हुने आयोजकले जनाएको छ ।
महिलातर्फ भने एपिएफ क्लबले उपाधि जिति सकेको छ ।
