यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : उद्घाटन कार्यक्रम भव्य गर्ने तयारी

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भब्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा वढि खेलाडीहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको तयारीका लागि शनिबार परिषदद्वारा आयोजित छालफल कार्यक्रममा सदस्य सचिब श्रीधर शर्माले पोखरा आउने खेलाडी र पाहुनाहरुको स्वागत संगै उनीहरुको बसाई शुखद बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने–“पहिलो पटक यो कार्यक्रम आयोजना हुँदैछ । हामीले खेलाडीहरु र पाहुनाहरुको बसाई शुखद बनाउन सबैको सहकार्यका लागि परिषद आग्रह गर्दछ ।”

परिषदका सल्लहाकार समितिका सदस्यहरु, विभिन्न खेल संघका पदाधिकारीहरुलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहितको भेलामा प्रतियोगितालाई भब्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

भेलामा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले प्रतियोगितालाई सफल बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका आवश्यक रहेको औंल्याउँदै पोखरा कुनै पनि प्रतियोगिता आयोजना गर्न पूर्णरुपमा तयारी छ भन्ने सन्देश दिने गरी कार्य गर्न आग्रह गरे ।

परिषदका कार्यकारी सदस्यहरु दिलबहादुर गुरुङ, ऋषीराम गौतम, तारामायाँ थापा मगरसमेतको उपस्थिती रहेको थियो ।

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबुल टेनिस र बुद्धिचाल प्रतियोगिता हुनेछ । प्रतियोगिताको उद्घाटन जेठ ३० गते पोखरा रंगशालामा हुनेछ । उद्घाटन कार्यक्रम पञ्चेबाजा सहित विभिन्न जातजातीका झाँकी तथा सांस्कृतिक कार्यक्रम समेत गर्ने गरी परिषदले तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close