आहा ! रारा पोखरा गोल्ड कप : दिल्ली एफसी अन्तिम समयमा पछि हट्यो, एपिएफ क्लब सहभागि हुने

पोखरा स्पोर्टस । २३ औं संस्करणमा सहभागि हुने मध्येको एक टिम भारतको दिल्ली एफसी अन्तिम समयमा हटे पछि नेपाली विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने भएको छ । सहारा क्लब पोखराले ‘ड्र’ गरेको टाइसिटमा दिल्ली एफसीको स्थानमा एपिएफ क्लबलाई स्थान दिइएको हो ।

भारतिय आई–लिगको सातौं स्थानको दिल्ली एफसीले सहारा क्लब पोखरालाई पत्र पठाउँदै आई–लिगको समय र आहा रारा गोल्डकपको समय जुधेका कारण आफू पछि हट्नु परेको जनाएको छ । अन्तिम समयमा नाम फर्ता लिनु पर्दा दुःख लागेको जनाउँदै पत्रमा भनिएको छ–“हामी अन्तिम समयमा आएर आहा ! रारा गोल्डकपबाट पछि हट्नु पर्दा निकै दुखीत छौं । तर हामी आहा रारा गोल्डकपमा सहभागि हुने चाहनालाई आगामी संस्करणमा जोड्ने छौं ।”

अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिनुपर्दा क्षमा मागिएको पत्रमा दिल्ली एफसीले फुटबल विकासका लागि हुने यात्रालाई भने जोडी राख्ने जनाएको छ । दिल्ली एफसी नआउने टुङ्गो लागे संगै नेपालकै विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपमा सहभागिता जनाउने भएको छ ।

यहि माघ ९ देखि २० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा १२ टिम सहभागि हुने यस अघि नै आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितामा अब एक मात्र बिदेशी टिम भुटानको लिग बिजेता भुटानको पारो एफसी पहिलो पटक नेपाल आउन लागेको छ ।

आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लबको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लब र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

प्रतियोगितामा माघ ९ गते हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लबको भिडन्त पक्का भएको छ । त्यसै गरी माघ १० गते त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लबको सामना गर्नेछ भने माघ ११ गते मछिन्द्र क्लब र जावलाखेल युथ क्लबका विच माघ १२ गते एपीएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।

माघ १३ गते हुने पहिलो क्वाटर फाइनलमा पारो फुटबल क्लब भुटानले माघ ९ को बिजेता टोली संग भिड्ने छ । माघ १४ गते सोझै क्वाटर फाइनलमा प्रवेश गरेको संकटा क्लब र माघ १० गते खेलको बिजेताका बिच हुनेछ । त्यस्तै तेश्रो क्वाटरफाइनल मनाङ मर्स्याङ्दी क्लब र माघ ११ गतेको बिजेता टोलीका बिच तथा चौथो क्वाटरफाइनलमा चर्ज व्वाईज युनाइटेड फुटबल क्लबले माध १२ गतेको प्रिक्वाटरको बिजेता टोलीको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल खेल माघ १७ गते हुनेछ भने दोश्रो सेमीफाइनल माघ १८ गते सञ्चालन हुनेछ । माघ २० गते फाइनल खेल हुने आयोजकले तय गरेको छ ।

प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ । “आत्मा साँक्षी राखि मन, बचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ ।

२२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो ।

प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ । “आत्मा साँक्षी राखि मन, बचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि.सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ ।

प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । विभिन्न संघसंस्थाको सहयोग रहेको प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close