एटीएफ यु–१२ टेनिसमा भारत पहिलो

पोखरा स्पोर्टस । भारत एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज/गर्ल्स दुबैतर्फ पहिलो भयो ।
 
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–० ले पराजित गरेको हो । गर्ल्सको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई पनि २–० ले नै हरायो ।
 
ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको गर्ल्सको राउन्ड रोविन लिगमा नेपालले माल्दिभ्सलाई २–१ ले पन्छ्याउदै सान्त्वना जित हात पारेको छ  ।
 
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 
 
पाँचदिने प्रतियोगिताको ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्र सहभागी थिए । नेपालले यो प्रतियोगिता आयोजना गरेको यो चौथोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close