पोखरा रंगशालामा खेलाडीलाई कोभिड विरुद्धको खोप

पोखरा स्पोर्टस । पोखरा रंगशालामा खेलाडीहरुले कोभिड विरुद्धको खोप लगाएका छन् ।

नेपाली काग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीको व्यवस्थापनमा खेलाडीलाई खोप वितरण गरिएको हो । कास्की जिल्ला लोकतान्त्रिक खेलकुदका उपाध्यक्ष मिलन गुरुङका अनुसार ३ सय ३० जना खेलाडी संगै विभिन्न खेल संघका पदाधिकारीहरुलाई खोप वितरण गरिएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले पहिलो खोप आफूले लगाएर खोप वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए । जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष नविन पुनको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close