
पोखरा स्पोर्टस । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गते सम्म सञ्चालन हुने भएको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा छ प्रदेश कोशी, मधेश, बागमती, गण्डगी, लुम्विनी, र सुदूरपश्चिमले सहभागिता जनाउनेछ ।
प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन् ।
प्रतियागिताको च्याम्पियनले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टिम ३० हजार र तेस्रो हुने टिम २० हजार रुपियाँको हकदार बन्नेछ । प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले मङ्गलबार पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए ।
