‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

पोखरा,  निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धृश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शनिबार सिनियर छात्र तर्फ १२ खेलहरु सम्पन्न भएका छन । जस मध्ये भाष्कर मेमोरियलले फिसटेल एकेडेमीलाई ३–१ ले टाई ब्रेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयमा दुबै टिमले ३–३ को गोलको बराबरी खेलेपछि खेल टाइ व्रेकरमा पुगको थियो ।

सिनियरतर्फ गोल्डन नेचरले पोखरा लर्नसलाई २–० ले, मेरिगोल्डले पोखरा क्रियटिभलाई १–० ले, पोखरा युनाइटेडले विन्देश्वरीलाई ४–० ले र टप्स माबीले प्रतिभालाई ४–१ ले गुरुकूलले पाश्कललाई २–० ले र सरस्वतीले पाश्कललाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यसै सिनियर तर्फनै सगरमाथाले लिटिल स्टेपलाई २–० ले, स्टेप बाई स्टेपले ज्ञानकुञ्जलाई २–० ले, बाल कल्याणले न्यूलाइटलाई १–० ले पराजित गर्दा स्नो भ्यूले वेष्ट पोइन्टलाई ७–० गोलले पराजित गरेको छ । स्नोभ्यूको जितमा सफल थापाले ह्याट्रिक गरेका थिए ।

यता जुनियर छात्रतर्फ पोखरा युनाइटेडले निलगिरीलाई ९–० को भारि गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि आयूष शाही एक्लैले ४ गोल गरे । सम्पन्न अन्य खेलमा कुमुदिनी, ग्लोबल, धौलागिरी, बेसलाइन, इडियन्स, पिकेजी, फिसटेल, नेपाल आदर्श र डायमन्डले आ–आफ्ना खेल जितेको प्याबसन कास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । यहि मंसिर ३० गते बाट पोखरा रंगशालामा भलिबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु संचालन हुनेछन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा हुनेछ ।

पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close