पोखरामा सुरु भयो राष्ट्रिय खुल्ला नेपाल स्नुकर प्रतियोगिता

पोखरा स्पोर्टस । पोखरामा आज (शनिबार) देखि खुल्ला नेपाल स्नुकर प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त प्रतियोगिता सुरु भएको हो ।

यही माघ २८ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा ६ स्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले संसारमा लोकप्रिय खेल स्नुकरलाई नेपालमा अझै व्यबस्थित बनाउनु पर्ने बताए । खेलकुदले व्यक्तिलाई आत्म अशुसासन, समाजमा शान्ति सुरक्षा समेत कायम गर्न मद्वत पुग्ने बताउँदै स्नुकर खेलको नेपाली समाजमा हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न आवश्यक भएको उनको भनाई थियो ।

संघका केन्द्रीय अध्यक्ष सरोज मुल्मीले २०५२ सालमा नेपालमा स्नुकर संघ गठन भएको र कास्कीमा पहिलो शाखा विस्तार भएको उल्लेख गर्दै तर राखेपले यस खेलको प्रवर्द्धनमा खासै सहयोग नगरेको गुनासो गरे । ७७ जिल्लामा यो खेल पुगेको दाबी गर्दै उनले नेपालकै उत्कृष्ट मध्यको एक स्नुकर हाउस फाईनल स्कोर हाउस भएको जनाए ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्नुकर प्रतियोगिता गर्ने तयारी गरेको बताउँदै उनले नवौं राष्ट्रिय प्रतियोगिता स्नुकर नसमेटिएको उनले गुनासो गरे । स्नुकर खेलको अन्तरािष्ट्रय मान्यता प्राप्त संस्था एबिएस, आबीएससंग समन्वय गरेको अध्यक्ष मुल्मीले बताए । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा सहभागी गराउन कठिन भएको अध्यक्ष मुल्मीले बताउँदै काठमाडौंमा मात्रै ४ सय ५० स्नुकरको क्लव भएको बताउँदै उनले १६ जिल्ला गठन भएको खेल गतिविधि नगरे संघ खारेज गर्ने समेत चेतावनी दिए ।

संघ कास्कीका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशक अघि ८ जना खेलाडीहरु मत्र खेल्ने गरेकोमा हाल यस खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्ययामका लागि समेत खेल्न थालेको बताए । संघ कास्कीका प्रथम उपाध्यक्ष रामजी सुनारले यस खेलमा नेपालको राम्रो सम्भावना भएको बताउँदै वर्ल्ड क्वालिफाइङ राउन्डमा खेलमा सहभागी नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । उद्घाटन सत्र प्रा.लि.का अध्यक्ष बिक.को अध्यक्षतामा भएको थियो ।

पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नुकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरेको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताएका छन् । खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको अध्यक्ष बि.क.ले जनाए ।

प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि छन् । पोखरा क्षेत्रबाट मात्र ६६ जना अन्य खेलाडी र अन्य विभिन्न जिल्लाबाट सहभागि भएको अध्यक्ष बि.क.ले जानकारी दिए ।

प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०/२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो ।

उक्त प्रतियोगिता फाइनल स्कोर स्पोर्टस (स्नोकर हाउस) मा यही माघ २८ गतेसम्म संचालन हुने भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए । उक्त प्रतियोगिताको मुख्य सहयोगीमा पोखरा महानगरपालिका रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close