कास्की जिल्ला जिम्न्याष्टिक्स संघको अध्यक्षमा सोमबहादुर

पोखरा स्पोर्टस । कास्की जिल्ला जिम्न्याष्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एन शोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ, तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, निर्वाचन समति सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा कास्की जिल्ला जिम्याष्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमन बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले अव हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिए ।

‘सुस्ताएको जिम्न्याष्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ’ उनले भने, ‘अव यहाबाट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न अवस्था ल्याउने दायित्व संघको काधमा आएको छ ।’

उनले जिम्याष्ट्रिका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाए । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले संघले गरेका गतिविधि उदाहरणीय भएको बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारीले संघका हरेक गतिविधिमा अभिभावकत्व ग्रहण गर्ने बताए ।नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङले नयाँ कार्यसमितिले अझै उत्कृट कार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

कास्की जिल्ला जिम्न्याष्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले विद्यालय जिम्न्याष्टिक्स संघमा रहेर काम गरेको अनुभव सुनाउदै खेलाडी उत्पादन गर्न कास्कीमा रहेका निजि तथा सामुदायिक विद्यालयमा जिम्न्याष्टिक्स सिकाउनु पर्ने उल्लेख गरे ।

उद्घाटन कार्यक्रम कास्की जिल्ला जिम्न्याष्टिक संघका कार्यवहाक अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close