राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ सम्मानित

पोखरा स्पोर्टस । राष्ट्रिय भलिवल टिमकी खेलाडी लक्ष्मी गुरुङ पोखराको बाटुलेचौरमा सम्मानित भएकी छिन् ।

हिमालय क्लवको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा क्लबद्वारा स्थापित स्व उदय वहादुर बस्नेत स्मृति भलिबल खेलाडी पुरस्कारबाट गुरुङलाई सम्मान गरिएको हो ।

गुरुङलाई स्व उदय वहादुर बस्नेतकी धर्मपत्नी गणेश कुमारी बस्नेत, क्लवका संस्थापक अध्यक्ष तिर्थ तामाङ, मानार्थ सदस्य कुमार खड्काले सल, प्रमाण पत्र र नगद १० हजार प्रदान गरे .। सो अवसरमा तामाङले भलिबल खेलबाटै उदाएको क्लवले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका खेलेको बताउँदै प्रशंसा गरे ।

क्लवका अध्यक्ष शुसिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनी बहादुर बस्नेत, निबर्तमान अध्यक्ष मोहन थापा, पुर्व अध्यक्ष तारा प्रसाद तिमिल्सिना, सहसचिव तुल ब बस्नेत , सहकोषाध्यक्ष लक्ष्मी पौडेल लगायतकाले बोलेका थिए ।

कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा सचिव शिवराज देवकोटाले समेत् बोलेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close