१३औं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता माघ २१ गतेबाट हुने

पोखरा स्पोर्टस ।  १३ औं सस्करणको बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता यहि माघ २१ गते बाट सुरु हुने भएको छ ।

बगर भाइ खलकको आयोजनामा टुँडी खेलमा सञ्चालन हुने प्रतियोगिताको मुख्य संयोजकमा इश्वरमान गुरुङ मनोनयन भएको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

मुख्य संयोजक गुरुङको संयोजक्त्वमा १३ विभिन्न उपसमितिहरु गठन गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत रहेका अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

१३ औं सस्करणको प्रतियोगितामा तिन विभिन्न उमेर समुहहरुको छुट्टा–छुट्टै प्रतियोगिताहरु सञ्चानल हुने आयोजकले जनाएको छ । जसमा समूह ४० प्लस, ५० प्लस र ६० प्लसका बिच प्रतियोगिता हुने अध्यक्ष गुरुङले जनाएका छन् ।

प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठमाण्डौ, ललितपुर, हेटौडा, नवलपरासी, बुटवल, सिमरा, बिरगन्ज, चितवन लगायत पोखराका गरि करिब ३० टिमले भागलिने संस्थाले जनाएको छ ।

प्रतियोगिताका छुट्टा छुट्टै उमेर समुहका विजेताहरुलाई समेत छुट्टा–छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । जसमा ४० भन्दा माथीको उमेर समुहको विजेता टिमले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसै गरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फवार्ड र प्रशिक्षकलाई जनही नगद रु ५ हजारका साथमा ट्रफी तथा सर्वोत्कृस्ट खेलाडीललाई नगद रु १५ हजार प्रदान गरिने छ ।

यसै गरी ५० वर्ष माथीको भेट्रान्स विजेता टिमले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने ६० वर्ष माथी उमेर समुहको विजेता टिमले नगद रु ५० हजार र उपविेजेताले नगद रु ३० हजार प्राप्त गर्ने आयोजकले घोषणा गरेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमालयन ब्रुअरी रहेको छ भने सह प्रायोजकमा प्रदेश खेलकुद परिषद गण्डकी, बगर भाईखलक युके, पोखरा महानगर पालिका र विशेष सहयोगीमा सहारा युके, पोमनपा वडा नं १ को कार्यालय, कृषि बिकास बैंक र सफल दूध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close