छैटौं एनसेल टाइगर कप : न्यू डायमन्डको लगातार दोस्रो जित

पोखरा स्पोर्ट्स । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रण पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत तेस्रो दिनको महिला तर्फको खेलमा टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले एपीएफ क्लबलाई सिधै सेटमा पराजित गरेको छ।

न्यू डायमन्डले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो। खेलमा न्यू डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै प्रभावशाली जित दर्ता गर्‍यो ।

यस जितसँगै सिंगल राउण्ड रोबिन लिग अन्तर्गत न्यू डायमन्डले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ। एपीएफ क्लबले भने थाइल्यान्ड क्विन्सविरुद्ध एक खेल जित्दै २ अंकमा सीमित भएको छ।

प्रतियोगिताअन्तर्गत आगामी  लिग चरणका थप खेलहरू हुनेछन्, जहाँ सेमिफाइनल प्रवेशका लागि 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close