आहा रारा पोखरा गोल्डकपलाई जापानबाट सहयोग, नायिका गुरूङले दिइन् जर्शी

पोखरा स्पोर्टस । पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकपलाई सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा जापानबाट खेलकुद प्रेमीहरुले नगद ७५ हजार सहयोग गरेका छन् । तमुधीं जापानस्थित तमुधीं जापानका निवर्तमान अध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेश कुमारको संयोजकत्वमा संकलित सो रकम तमुधीं जापानका यूवा संयोजक मुकेश गुरूङले सहारा क्लबका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरे ।

२४ औं आहा रारा गोल्डकपको पूर्ण सफलताको कामनासहित सो रकम रोविन प्रसाद शेरचन, रमेश कुमार गुरूङ, बसन्त गौचन, बुद्धी गौचन, प्रविण हिराचन र कारसाङ तामाङले सहयोग गरेको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी शनिबार पोखरा रंगशाला प्रतियोगिता अवलोकनका लागि हङकङबाट आइपुगेकी गुरूङ चलचित्रकी नायिका माया गुरूङले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जर्शी सेट प्रदान गरेकी छन् ।

पूर्व फुटबल खेलाडी समेत रहेकी उनले आफ्ना छोरा हिमाल गुरूङ्गको जन्मोत्सवको अवसरमा ३० सेट जर्शीे सहयोग गरेकी हुन् । सहारा हङकङकी संस्थापक सदस्य समेत रहेकी उनी जिफान हङकङकी अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close