सहारा एकेडेमीलाई देव गुरुङले गरे सहयोग

पोखरा स्पोर्टस । सहारा क्लब पोखराद्वारा पोखरा १७, दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा देव गुरुङले आर्थिक सहयोग गरेका छन् ।

सहारा क्लब हङकङका सल्लाहकार तथा कानुन व्यवसायी गुरुङले सोमबार एकेडेमी अवलोकन गर्नुका साथै २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सहारामा नियमित रुपमा सहयोग गर्दै आएका गुरुङले एकेडेमी निर्माण, फुटबल ग्राउन्डको चेन्जिङ रुममा गरी हालसम्म करिब ६ लाख उपलब्ध गराइसकेका छन् ।

क्लबले सञ्चालन गर्ने आहा ! रारा गोल्डकपमा उनले बर्सेनि ५० हजार समेत सहयोग गर्ने गरेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताए ।

यस्तै, सहारा क्लब हङकङका आजीवन सदस्य द्रोण गुरुङले पनि एकेडेमीको अक्षयकोषमा ११ हजार नगद तथा एकेडेमीमा आश्रित बालकहरुको लागि फलफूल प्रदान गरे । पोखरा ड्यामसाइडका द्रोण हाल हङकङ बस्छन् ।

सो अवसरमा सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, क्लबका शुभचिन्तक नारायण गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष एवं एकेडमी संयोजक चित्रबहादुर पुन, कोषाध्यक्ष नवराज अधिकारी, आजीवन सदस्य सुदर्शन रञ्जित लगायतको उपस्थिति थियो ।

बाबु आमा गुमाएका तथा विपन्न वर्गका बालकहरुको लागि एकेडेमीमा चौथो व्याजको लागि भर्ना प्रक्रिया जारी राखेको छ । हालसम्म ६ जना नयाँ विद्यार्थी भर्ना भएको सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले बताए । भर्ना असार मसान्तसम्म तोकिएको छ । पुराना ३ जना बालक आश्रित छन् । गासबास, शिक्षा सहित एकेडेमीले फुटबल प्रशिक्षण दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close