घरेलु मैदानमा गण्डकी पराजित हुँदा एपिएफ सेमीफाइनलमा

पोखरा स्पोर्टस/ तस्विरः योगेन्द्र श्रेष्ठ। पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनी संग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ । 
पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनी संग ५ रनले् हार व्यहोरेको हो । घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।

लुम्विनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।

यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्विनीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धु्रव सुनारले समान २३–२३ रनको योदना दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।

वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट हात पार्दा चन्द्र पौडेलले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close