परिषदद्वारा पालिकाहरुमा खेलकुद समिति गठन गर्न अनुरोध

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका ८५ वटै पालिकाहरुलाई स्थानियतहमा खेलकुद समिति गठन गर्न अनुरोध गर्दै पत्रचार गरेको छ ।

परिषदले स्थानिय तहहरुलाई आवश्यक सहयोग गरिदिन भन्दै लेखिएको पत्रमा पालिकाले स्थानिय ऐनको व्यवस्था गरी पालिका खेलकुद संरचना निर्माण गर्न खेलकुद विकासमा सहयोगका लागि आग्रह गरिएको हो । संघिय र प्रदेश खेलकुद विकास ऐन २०७७ लागु भइसकेको अवस्थामा नेपालको संविधान २०७२ को धारा ५७ को ६ र ७ को आधारमा स्थानिय कानुन निर्माण गरी स्थानिय खेलकुद संरचना निर्माण गर्दै खेलकुदको साझा विकासका लागि अघ बढ्न आग्रह समेत गरिएको छ ।

यसका साथै परिषदले यस अगावै संरचना गठन भएको अवस्थामा जानकारी गराउन हुन भन्दै पत्रमा भनिएको छ– “पालिका भित्र सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरु जिल्ला खेलकुद विकास समिति संग समन्वय/सहकार्य /जानकारी गरेको हुनुपर्ने र प्रतियोगितामा सहभागि हुने खेल संचालक, रेफ्रि /अम्पाएर समेत सुचिकृत/अभिलेखीकरण रहेको हुनुपर्ने छ ।”

त्यसै गरी पत्रमा–“प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३७ को (३) बमोजिम निजि क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय, अन्तर्राष्ट्रिय वा प्रदेशस्तरिय प्रतियोगिता आयोजना वा संचालन गर्नु अघि सम्वन्धित खेल संघको सिफारिस सहित परिषदको स्विकृती लिनु पर्ने व्यवस्था रहेको हुँदा सोही बमोजिम गर्नु सहयोग गरिदिनु हुन”– भनिएको छ ।

परिषदले जिल्ला भित्र रहेका खेल प्रशिक्षण तथा तालिम केन्द्रहरुको समेत अनुमती भएको हुनुपर्ने पत्रमा जनाइएको छ भने जिल्लास्थित खेल पूर्वाधारहरु (कभर्ड) हल/रंगशालाहरुको सञ्चालन/व्यवस्थापनमा राखेप /यस परिषद / जिल्ला खेलकुद विकास समिति आफै वा ति निकायको लिखित अनुमती/सहमतीमा व्यवस्थापन भएको हुनुपर्ने पत्रमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close