यू–१९ प्रदेशस्तरिय फुटबल छनौटमा कास्कीबाट ६४ जना सहभागि हुँदै

पोखरा स्पोर्टस । यू–१९ गण्डकी प्रदेशस्तरिय फुटबल छनौटमा कास्कीबाट ६४ जना सहभागि हुने भएका छन् ।

कास्की जिल्ला फुटबल संघले प्रदेश स्तरिय छनौटका लागि अन्तिम ६४ जनाको नाम घोषणा गरेको हो । दुई दिन सम्म सञ्चालन भएको छनौट प्रतियोगितामा २०० भन्दा बढिको सहभागिता रहेको कास्की फुटबल संघका उपाध्यक्ष एवं छनौट समितिका संयोजक विष्णु गुरुङले जानकारी दिएका छन् ।

उक्त छनौट प्रशिक्षक राजेन्द्र तामाङसहितको टिमले गरेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

यता गण्डकी प्रदेश फुटबल संघले प्रदेश स्तरिय छनौट यहि साउन १९ र २० गते गर्ने तयारी गरिरहेको संघका महासचिव बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । छनौटका लागि ११ वटै जिल्लामा पत्रचार गरिएको बताउँदै धेरै भन्दा धेरै यूवा खेलाडीहरुले सहभागिता जनाउने बताए ।

छनौट भएका खेलाडीहरु नेपालमा यहि वर्षको सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एफसी च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । नेपालको अन्तिम छनौट भने आगामी अगष्ट ११ देखि १५ तारिख सम्म काठमाण्डौमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close