पोखरा वडा नं ३ द्वारा व्यायाम खेल सामाग्री हस्तान्तरण

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नम्बर ३ ले शारीरिक सुगठन संघ कास्कीलाई व्यायामका खेल सामाग्रीहरु हस्तान्तरण गरेको छ । बिहिवार पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले शारीरिक सुगठन संघ कास्कीलाई रु ८ लाख बराबरको व्यायामका सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडा अध्यक्ष उदासले स्वास्थ्यका लागि खेलकुदको महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै शारीरिक व्यायामले मानिसलाई स्वस्थ्य रहन भूमिका खेल्ने बताए । पोखरा(३ शैक्षिक, सांस्कृतिकका साथै खेलकुदका हिसाबले समेत ऐतिहासिक वडा रहेको उल्लेख गर्दै उनले खेलकुदको क्षेत्रमा लगानी गर्ने सवालमा आफ्नो वडा पछि नहट्ने बताए ।

पोखरा व्यायामशालाको भौतिक संरचना जिर्ण रहेको प्रति चिन्ता व्यक्त गर्दै वडा अध्यक्ष उदासले तीनै तहका सरकारसंग समन्वय गरेर पोखरा व्ययामशालालाई बहुउद्देश्यीय भवनको रुपमा विकास गरी अत्याधुनिक सुविधा सम्पन्न बनाउने योजना रहेको समेत बताए ।

त्यसैगरी ,कार्यक्रममा बेल्दै पोखरा(३ का वडा सदस्य सनकमान सिकेले व्यायामशाला लैंगिक-मैत्री बनाउनका साथै व्यायामका सामाग्रीहरुको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा(३ का वडा सचिव चन्द्रावति वाग्लेले मानिस स्वस्थ्य हुनका लागि मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त हुन आबश्यक रहेको उल्लेख गर्दे जनस्वास्थ्यको सवालमा वडा कार्यलयले सधैं सहयोग गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलाडी नारायण उदासले २०३४ सालदेखि नै महेन्द्रपुल स्पोर्टस क्लव मार्फत खेलाडीहरु संगठित भई खेलकुदका क्षेत्रमा धेरै कामहरू गरिएको जानकारी गराउँदै पोखरा व्यायामशालाले धेरै शारीरिक सुगठनका खेलाडीहरु उत्पादन गरेको हुनाले यसको संरक्षण र अत्याधुनिक रुपमा संचालन गर्ने सबै जिम्मेवार भएर लाग्नुपर्ने जोड दिए ।

व्ययामशालाका लागि ८ लाख रुपैया वरावरको खेल सामाग्री चिनबाट ल्याएको उपभोक्ता समितिका अध्यक्ष उत्तममान उदासले जानकारी दिए ।

सारिरिक सुगठन संघ कास्कीका द्वित्तिय उपाध्यक्ष विक्रम उदासको अध्यक्षतामा भएको कार्यक्रममा शारीरिक सुगठन संघ कास्कीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी लगायतले खेलकुदको विकासमा तीनै तहका संघीय ,प्रदेश र स्थानीय सरकारको निरन्तर सहयोग आबश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close