अबुधाबीमा हरिले जिते रजत पदक

पोखरा स्पोर्टस । आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टस््को आयोजनामा भएको रीम मल इन्डोर रनमा हरि कृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् ।

हरीले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकका हनिफा मुवारक ३३ मिनट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किङ्गडमका हडसल स्टुवार्ट ४० मिनट ४५ सेकेन्ड समयका साथ तेश्रो भए ।

१० कि।मि। दौडमा ४८ देशका १०९ खेलाडीहरुको सहभागिता रहेको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेका जगन अधिकारीले बताएका छन् ।

तेक्वान्दोका प्रशिक्षक समेत रहेका हरीले यस अघि वेलम्यान समर रन २०२३ को उपाधी जितेको थिए ।

रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुवइमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अगि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close