
पोखरा स्पोर्टस । पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला भारोत्तोलन संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गरेकी छन् । सो अवसरमा उनले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको बताएकी थिइन् ।

शुक्रबार सम्पन्न प्रतियोगितामा महिला ४९ केजी तौलतर्फ भएको प्रतिस्पर्धामा लुम्विनीकी कृष्णकला विष्टले स्वर्ण पदक जितेकी छन् । उनले स्न्याच र क्लिन एण्ड जर्कमा कुल १२३ केजी भार बहन उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै बागमतीकी उत्सा पाण्डेले रजत पदक र कोशीकी सोनी दासले काश्य पदक हात पारिन् ।
त्यस्तै महिला ५९ केजी तौलमा कोशीकी करिना चौधरीले स्वर्ण, लुम्विनीकी राधिका चौधरीले रजत र बागमतीकी सचिता खड्काले काश्य पदक प्राप्त गरिन् । महिलातर्फ नै ७१ केजी तौलमा मधेश प्रदेशकी सन्तोषी यादवले स्वर्ण पदक जित्दा लुम्विनीकी राम कुमारी चौधरीले रजत र गण्डकीकी सुष्मा काफ्लेले काश्य पदक हात पारिन् ।
पुरुष ७१ केजी तौल समुहमा सुदुर पश्चिमका अशोक सिंह भण्डारीले स्वर्ण पदक जितेका छन् भने मधेश प्रदेशका अनुराग प्रताप सिंहले रजत तथा गण्डकीका सलित गुरुङले काश्य पदक जिते । पुरुष ८९ केजी तौलमा सुदुर पश्चिमका विकास भट्टले स्वर्ण, मधेश प्रदेशका सजुरुद्धिन आलमले रजत र कोशीका कपलेश्वर राजवंशीले काश्य पदक जिते ।
पुरुष ६१ केजी तौल समुहमा हेम नारायण यादव, लुम्विनीका बिनित योगी थारु र बागमतीका पुस्पलाल मोक्तानले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी ७० जना खेलाडीको सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले जनाएका छन् । महिला तर्फ ३५ जना र पुरुष तर्फ ३५ जना सहभागिता रहेको छ
