गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ निर्विरोध चयन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

गोर्खामा शनिबार सम्पन्न दोश्रो अधिबेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ४ वर्षका लागि १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । उनी गोर्खा फुटबल संघका निवर्तमान अध्यक्ष समेत् हुन् ।

लामो समय देखि विवाद रहँदै आएको गण्डकी प्रदेश फुटबल संघको एक साता अघि गर्ने भनिएको अधिवेशन समेत प्राविधिक कारण देखाउँदै स्थगित भएको थियो ।

यसै गरी अधिबेशनले तिन उपाध्यक्ष पदमा मिलन गुरुङ, ताराबहादुर गुरुङ र जयराज भण्डारी निर्वाचित गरेको छ भने सदस्यहरुमा थम बहादुर गुरुङ, भिजन श्रेष्ठ, कुसुमराज बराल, शोभा कुमारी आले, अमृत भण्डारी, सन्दिप पन्थी, निपेन्द्र श्रेष्ठ, इन्द्र सुब्बा राना, विकास थापा, अमर गुरुङ र खुमबहादुर थापा निर्विरोध निर्वाचित भएको प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी निर्वाचित कार्यसमितको पहिलो बैठक समेत गोर्खामा सम्पन्न भएको छ । सम्पन्न बैठकले कार्यसमितिको रिक्त पदाधिकारी पदपुर्ती गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, मानार्थ उपाध्यक्षमा जगत बहादुर थापा र महासचिवमा बिनोद गुरुङलाई मनोनयन गरिएको अध्यक्ष श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

समितिको कोषाध्यक्षमा दिल कुमारी घिमिरे, तिन सहायक महासचिव पदमा सुमन गुरुङ, लक्ष्मण कार्की र प्रकाश रेग्मीलाई मनोनयन गरिएको छ । कार्यसमितिको सहकोषाध्यक्षमा दिनेश केसीलाई मनोनयन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close