
पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ ।
प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको हो ।
पोखरा रंगशालाको टेबुल टेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१ गते आयोजना हुने प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २ खेलाडी सहित एक प्रशिक्षकको सहभागिता हुने भएको छ । हरेक जिल्लाबाट १ जना पुरुष र १ जना महिला खेलाडी तथा व्यवस्थापक वा प्रशिक्षक मध्ये एक गरी जम्मा ३ जना सहभागी हुने कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले वताएका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता गरिसक्नु पर्ने कास्की टेबुल टेनिस संघले जनाएको छ । खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधिभरको लागि खाना र आवाशको व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।
