
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा मधेस प्रदेश र प्रदेश–१ समुह चरणबाट बाहिरिएको छ । लिग चरणमा खेलाईएको दुवै खेलमा पराजित भएर समुह चरणबाट बाहिरिएको हो ।
लिग चरणको प्रतियोगितामा मधेस प्रदेश त्रिभुवन आर्मीसंग ७१–१३ र सुदुरपश्चिम प्रदेशसंग ४५–२१ को अन्तर सहित पराजित भएको थियो ।
यसै गरि प्रदेश–१ ले वाग्मती प्रदेशसंग ७५–२४ र गण्डकी प्रदेशसंग ५२–३१ को अन्तरमा हार बिहोरेको थियो ।
सेमिफाइनल खेलमा समूह क बाट त्रिभुवन आर्मी र सुदुरपश्चिम प्रवेश गरेको छ भने समूह ख बाट वाग्मती र गण्डकी प्रवेश गरेको छ ।
