‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त’को उपाधि नुवाकोटे टाइगरले जिते

पोखरा स्पोर्टस । सुर्खेतको विरेन्द्रनगरमा आयोजित ‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको  उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् । उनले जित संगै नगद रु १ लाख ५ हजार हातपार्न सफल भएका छन् ।

विरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा १५ हजार भन्दा बढि दर्शकका बिच भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोर्वोटलाई पराजित गरेका थिए । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइन विरुद्धको भिडन्त जित्दै नगद रु ७५ हजार हात पारे ।

त्यस्तै मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गरे । उनले नगद रु ७० हजार प्राप्त गर्दा महिलातर्फ लाइट वेट भिडन्तमा तन्नुले आकृतीलाई हराइन् । उनले नगद रु ६० हजार हात पारिन् ।

पुरुष लाइट वेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी नगद रु ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एण्ड सुजल टिमले नगद रु ५० हजार हात पार्न सफल भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेताहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, मदन भण्डारी फाउन्डेशनका केन्द्रिय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सूवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close