
पोखरा स्पोर्टस । थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएको छ ।
आगामी एक वर्षका लागि फुटबलर सुमितसँग थिङ्क स्मार्ट इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्डरका रुपमा सम्झौता गरेको हो । एम्बेस्डर बनेका फुटबलर सुमितले सम्झौता अनुसार नगद एक लाख प्राप्त गर्नेछन् ।
फुटबलर सुमित नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलिरहेका छन् ।
कन्सल्टेन्सीको तर्फबाट फुटबलर सुमितसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले यूवा खेलाडी सुमित संग सहकार्य गर्न पाउँदा खुशीको अनुभव रहेको बताउँदै उनको खेलजीवनको सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै ब्राण्ड एम्बेस्डर बनेका श्रेष्ठले कन्सेलटेन्सी प्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।
थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ ।
