नेपाली पिकलबल खेलाडी स्पेन जाँदै

पोखरा स्पोर्टस । नेपाली पिकलबल खेलाडी स्पेन ज्याक्सन सुवेदी स्पेन जाने भएका छन् ।

स्पेनको क्याडिज शहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन–२०२३ पिकलबल प्रतियोगितामा सहभागी हुन जान लागेका हुन् । सुवेदीलाई आज एक कार्यक्रम विच नेपाल पिकल बल संघका अध्यक्ष श्री उमेश कुमार आचार्यले शुभकामना सहित नेपाली झण्डा प्रदान गरेर बिदाई गरे ।

बिदाई कार्यक्रममा संघका महासचिव रणविर सिंह क्षेत्री, कोषाध्यक्ष ज्ञानु गोपाल राना, सत्यनारायण मानन्धर, अनुप रत्न शाक्य, राधेश्याम मचामसी समेत सो अवसरमा सहभागिता थियो ।

प्रतियोगिता यहि जेष्ठ ५ र ६ गते आयोजना हुनेछ । सवै उमेर समूहका ब्यक्तिहरुले खेल्न मिल्ने खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय रहेको छ ।

नेपालमा पनि यसको विभिन्न खेल भईसकेको र भारतमा आयोजना भएको प्रतियोगिताहरुमा पनि नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भईसकेका छन् । खेलाडी आईतबार स्पेन तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close