यूरोपका टेबल टेनिस प्रशिक्षक पाभेल नेपालमा

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न स्विजरल्याण्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन् । ‘नेपाली खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा नपठाए सम्म नेपालमानै बैदेशिक प्रशिक्षक मार्फत खेलाडीहरुको खेल स्तर बृद्धि गर्नुका साथै सागमा बढि भन्दा बढि पदक हासिल गर्ने उद्धेश्यले स्विजरल्याण्डका प्रशिक्षकलाई एक हप्ताको लागि नेपाल बोलाईएको हो’– संयोजक एवं राखेप सदस्य साहीले बताए ।

उनको प्रशिक्षणलाई हेरेर तथा खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई अरु बढि समय सम्म राख्न सकिने समेत संयोजक साहीले बताए ।

प्रशिक्षक पाभेलले जर्मनीमा ९ बर्ष, स्विजरल्याण्ड टिममा १८ बर्ष, श्रीलङका र चेकमा समेत प्रशिक्षण प्रदान गरिसकेको अनुभव रहेको छ । यस्तै २०१६–२०१८ मा वेष्ट ट्रेनर अफ द इयर बाट समेत सम्मानित रहेका छन् । उनलाई नेपाली प्रशिक्षक सरह दैनिक भत्ता र एक तर्फी हवाई टिकटमा नेपाल बोलाईएको हो । उनले यस अघि पनि नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close