
पोखरा स्पोर्टस । विनिता पुनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय शतकमा नेपाल भारत दुइपक्षिय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज अन्तर्गत नेपालले सहाज जित हात पारेको छ ।

पोखराको क्रिकेट मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको हो । टस हारेर फिल्डिङ्गमा उत्रिएको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो ।
भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रनको पारी खेले ।
भारतका ५ खेलाडी रन आउट भएका थिए भने विनिता पुन र निशा चौधरीले समान १–१ विकेट लिएका थिए ।
जवाफी व्यटिङ्गमा नेपालले ८ विकेटले जित हासिल गरेको छ । नेपालको लागि प्लोयर अफ द म्याच रहेकी विनिता पुनले विस्फोटक व्यटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन बनााइन । उनले १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन बनाइन् ।
