नेकोसको नेतृत्वमा गण्डकीबाट तिनजनाको प्रमुख दावेदारी, कसको पल्ला भारी ?

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस)को पदाधिकारी पदमा गण्डकी प्रदेशबाट तिनजनाले दावेदारी पेश गर्ने तयारी गरिरहेका छन् ।

गण्डकीबाट नेकोस गण्डकीका अध्यक्ष विष्णु पुन, नेकोस कास्कीका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदार र नेकोस पोखरा महानगर खेलकुदका अध्यक्ष खगेन्द्र क्षेत्रीले दावेदारी पेश गर्ने भएका हुन् । गण्डकी प्रदेश विशेष गरी प्रदेश राजधानी पोखराको खेलकुदको ‘फ्रन्ट लाइन’मा देखिएका क्षेत्री र गोदार गुरु चेला हुन् भने यूवा संघ हुँदै राजिनितिक वृतबाट खेलकुदमा प्रवेश गरेका पुन नेकोस गण्डकीको अध्यक्ष हुन् ।

नेकोसको यहि फागुन ७ देखि ९ गते सम्म विराटनगरमा आयोजना हुने ‘दोश्रो राष्ट्रिय महाधिवेशन’मा क्षेत्रीले सचिव पदमा आफूलाई अघि सार्ने घोषणा गरेका छन् । उनी मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक र रग्वीका राष्ट्रिय प्रशिक्षक तथा बास्केटबलका पूर्व खेलाडी समेत हुन् । प्रदेश खेलकुद परिषद गण्डकीको वोर्ड सदस्य समेत रहेका क्षेत्री इभेन्ट म्यानेजमेन्टका साथै ‘क्रियशन’ गर्न समेत उत्तिकै खप्पिस् छन् ।

भूगोलमा बसेर लामो समय देखि खेलकुदको क्षेत्रमा भिजेका क्षेत्री यदि महाधिबेशनमा खेलाडीहरुको प्रतिनिधि संख्या धेरै भएमा स्वतः आफू निर्वाचित हुनेमा ढुक्क छन् । उनी भन्छन–“म लामो समय खेलकुदमा कृयाशिल छु । मेरो लाइन क्लियर छ । नेकोसको नेतृत्वदायी भूमिकामा रहेर संगठनलाई गतिदिने सवालमा मेरो समय खर्चिने छु ।”

यता क्षेत्रीका गुरु समेत रहेका दिपक बहादुर गोदार क्युकिशन कराते र मुआथाईका प्रशिक्षक हुन् । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका गोदार नेकोसको आसन्न महाधिवेशनमा उपाध्यक्षको दावेदारीका रुपमा अघि बढ्ने चर्चा रहेको छ । कास्की नेकोसको समेत नेतृत्व सम्हालि सकेका उनले केन्द्रिय तहमा कत्तिको दह्रो खुट्टा टेक्छन् त्यो भने त्यो भने फागुन ९ गते सम्म नै कुर्नु पर्ने हुन्छ  ।

गण्डकीबाट प्रदेशको दावेदारी पेश गरेका गोदार संगै गण्डकी नेकोसका अध्यक्ष समेत रहेका विष्णु पुन पनि सोही पदमा दावेदारी पेश गर्ने मनस्थितीमा बनाएको चर्चा रहेको छ । यूवा संघ हुँदै राजिनितिक क्षेत्रबाट खेलकुदमा जोडिएका पुन खुकुरी मार्शल आर्ट संघको केन्द्रिय उपमहासचिव समेत हुन् । केही महिना अघि सम्पन्न नेकोस गण्डकीको अधिवेशनमा अध्यक्ष पदको दावेदारीमा गोदारबाट उनले अध्यक्ष पद बाजी मार्न सफल भएका थिए ।

आसन्न अधिवेशन सुरु हुन दुई साता अगावै गण्डकी प्रदेशमा समेत नेतृत्वका लागि उत्तिकै चर्चा चल्न थालेको छ । गुट–उपगुटमा विभाजित नेकोसको राजिनितीमा विशुद्ध खेलकर्मी नै नेतृत्वमा आएमा मात्रै खेलाडीको हित र खेलकुदको विकासमा सहज हुने चर्को आवाज उठन थालेको छ ।

नेकपा एमाले निकट बलियो संगठनको रुपमा स्थापित नेकोस महाधिवेशनमा राष्ट्रिय राजनितिमा नेतृत्व छनौटमा संधै ठगिंदै आएको गण्डकी प्रदेश यस पटक कसरी र कस्तो उपस्थिती जनाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close