भारतीय क्रिकेटर यश दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप, मुद्धा दायर

पोखरा स्पोर्टस ।  यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय क्रिकेटर यश दयालविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने यश दयालविरुद्ध भारतको उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरम प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यश दयालले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । समाचार एजेन्सी पीटीआईका अनुसार, जुन २१ मा एक महिलाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आईजीआरएस (एकीकृत गुनासो निवारण प्रणाली) मार्फत गुनासो गरेपछि यो कारबाही गरिएको हो । महिलाले उनी पाँच वर्षदेखि सम्बन्धमा रहेकी क्रिकेटरले उनलाई दुर्व्यवहार गरेको बताएकी छन् ।

एफआईआर अनुसार, महिलाले भनकी छन्- ‘यस विषयका कारण म लामो समयदेखि डिप्रेसनमा थिएँ । म केवल न्यायको माग गर्दैछु ।’ उनले यश दयालमाथि ‘शारीरिक र मानसिक उत्पीडन’ को आरोप लगाएकी छिन् । उनले जुन २७ मा, युवती इन्दिरापुरम प्रहरी चौकीमा गएर लिखित उजुरी दर्ता गरेको रिपोर्टमा उल्लेख छ ।

उनले उजुरीमा भनेकी छन्- ‘उनी पाँच वर्षदेखि यश दयालसँग सम्बन्धमा थिइन् र उनले (यश दयाल) विवाहको झूटो वाचा गरेर उनीसँग निरन्तर शारीरिक सम्बन्ध राखे । यस विषयका कारण म लामो समयदेखि डिप्रेसनमा थिएँ । म न्यायको माग मात्र गरिरहेकी छु ।’

यश दयाल केही वर्षदेखि आईपीएलमा खेल्दै आएका छन् । आईपीएल २०२४ मा, फास्ट बलर यश दयालले रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा बन्ने मौका पाए । २०२४ मा आईपीएलमा राम्रो प्रदर्शन गरेपछि, यश दयाललाई गत वर्ष बंगलादेश विरुद्धको दुई टेस्ट शृङ्खलाको लागि भारतीय टिममा छनोट गरिएको थियो । यद्यपि, उनले भारतीय क्रिकेट टोलीको लागि डेब्यू गर्ने मौका पाएनन् ।

२७ वर्षीय यश दयाल उत्तर प्रदेशको प्रयागराजका बासिन्दा हुन् । यश दयालले २०१८ मा उत्तर प्रदेशको लागि रणजी क्रिकेटमा डेब्यू गरे। यस वर्ष यश दयालले लिस्ट ए र टी-२० क्रिकेटमा पनि डेब्यू गरे । यश दयालले अहिलेसम्म २७ प्रथम श्रेणी खेल खेल्दै ८४ विकेट लिएका छन् । यश दयालले २३ लिस्ट ए खेल खेलेका छन् र ३६ विकेट लिएका छन् । उनले ७१ टी-२० खेलमा ६६ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close