पोखरा म्याराथनका गत वर्षका बिजेता स्टेफेन र उपविजेता सिमिअन सहित ३० जना धावक पोखरा आउँदै

पोखरा स्पोर्टस । गत वर्ष १६ औं सस्करण पोखरा सफल अन्तर्राष्ट्रिय म्याराथनका उपाधि बिजेता स्टेफेन कोस्गी र उपविजेता सिमिअन किप्लिगाटसहित ३० भन्दा बढि धावकहरु पोखरा आउने भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा म्याराथनमा आफू सहित ३० भन्दा बढि धावकहरु पोखरा आउने तय भएको स्टेफेनले जानकारी गराएका हुन् । गत वर्ष स्टेफेनले ४२.१९५ किमि म्याराथन दौड २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।

आगामी फागुन ६ गते शनिबार आयोजना हुने १७ औं गत वर्ष आफूले राखेको रेकर्ड समेत तोड्ने गरी तयारी गरिरहेको स्टेफेनले जानकारी गराएका छन् । इलाइट रनर समेत रहेका उनले भनेका छन्–“पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु मेरो लागि गौरवको कुरा हो । पोखरा निकै सुन्दर छ । पोखराको स्वच्छ वातावरण, प्राकृतिक सौन्दर्यता संगै पोखरेलीहरुको न्यानो स्वागतले मलाई फेरी पोखरा आउन वाध्य बनायो । म नयाँ स्फुर्तीका साथ राम्रो टाइमिङमा दौडन पोखरा आउँदैछु ।”

कोसोगीले आफू संगै ३० जना भनदा अफ्रिकन धावक पोखरा आउने तयारी गरिरहेको समेत बताए । उनले महिला हाफ म्याराथनमा सहभागिताका लागि महिला धावकहरुको पोखरा आउने भएको जानकारी दिए ।

यस संगै गत वर्षका उपविजेता रहेका सिमिअन किप्लिगाट समेत पोखरा आउने भएको मञ्चले जनाएको छ । उपविजेता सिमिअनले २ घन्टा २१ मिनेट ३ सेकेण्डमा दौड पुरा गरेका थिए ।

पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स डिस्टेन्स रेसेस (एम्स)को सदस्यता तथा वर्ल्ड एथलेटिक्सबाट पोखरा म्याराथन अन्तर्गत तिन वटा दौड रुटकोे मान्यता समेत पाइसकेकोले अन्तर्राष्ट्रिय धावकहरुको आकर्षण समेत बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close