गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा विकास राना

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले विकास राना मगरलाई सल्लाहकारमा मनोनयन गरेको छ । संघको मंगलबार पो्खरामा सम्पन्न कार्य सम्पादन समितिको बैठकले उनलाई सल्लाहकारमा मनोनय गरेको महासचिव टहल सिंह थापा मगरले जनाएका हुन् ।

कार्यसमितिमा सल्लाहकारमा मनोनय भएका विकास स्याङ्जा विरुवा गाउँपालिका वडा नं ६ ढराडीका हुन् । जापानको नागोयालाई कर्मथलो बनाएका उनी हाल विभिन्न सामाजिक संस्था संगै व्यवसायमा संलग्न रहेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् ।

पूर्व खेलाडी समेत रहेका विकास नेपाल मगर संघ जापान क्षेत्रीय समीती नागोयाका निवर्तमान अध्यक्ष हुन् भने देउराली दोहोरी साँझ नागोयाका सन्चालक समेत रहेको अध्यक्ष गुरुङले जानकारी दिए । उनको मनोनयनले गण्डकी प्रदेश भलिबल संघको विकासमा योगदान पुग्ने अध्यक्ष गुरुङले बताए । उनले भने–“प्रदेशको भलिबल विकासका लागि हामीले पछिल्लो समयमा विकासजी जस्तै केही व्यक्तित्वहरुलाई सल्लाहकारहरु मनोनयन गरेका छौं । स्वदेश तथा विदेशबाट भलिबलको विकासमा मायाँ गर्ने व्यक्तित्वहरुको खाँचो छ ।” उनले विदेशमा रहेर पनि प्रदेशको भलिबल विकासमा विकासजीले सल्लाहकारको रुपमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्य सम्पादन समितिको बैठकले आगामी पुष १८ गते देखि २३ गते सम्म पोखरामा ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता २०७९’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता सफल बनाउन उपाध्यक्ष रमेश रानालाई संयोजकमा मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close