नेपाली एथलेटिक्स टोली बंगलादेश जाने

पोखरा स्पोर्टस । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् । पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

उक्त प्रतियोगिताका लागि मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले बुधबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close